बाढीपहिरोमा परि हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं । कोशि प्रदेशमा आएको बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन्।आज जारी रहेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।

त्यस्तै, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । असार २ गते रातिदेखिको वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको सरकारको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले विपद पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताउनुभयो ।

उहाँले राहत, उद्दार तथा पुर्नस्थापनाका लागि सरकारले स्थानीय तहलगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर