बझाङमा सुदुरपश्चिमका मन्त्री चढेको गाडी दुर्घटना, ४ जना घाइते

बझाङ । बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री चढेको गाडी दुर्घटनामा परेको छ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका-१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर