काठमाडौं। सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना हुँदा मन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङ जाने क्रममा आज गाडी दुर्घटनामा परी घाईते भएका मन्त्री सिंहपत्नी सहित भाउजुको मृत्यु भएको सुरक्षा स्रोत जनाएको छ ।
दुर्घटनामा चालकसहित अन्य ३ जना गम्भीर घाईते रहेका छन् ।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।

