झापा। लागूऔषध मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका–७ ठेगाना भएका ३० वर्षीय सतारे भन्ने रञ्जित खड्गीलाई पक्राउ गरेको छ।
झापा जिल्ला अदालतको २०७८ मंसिर १६ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले सुनसरी धरान उपमहानगरपालिका–७ बाट फेला पारी पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ।

