काठमाडौं । नेप्से परिसूचक बिहीबार ४.७५ अंकले बढेको छ । परिसूचक बिहीबार २०५५.५२ बिन्दुमा पुगेको छ ।
आज (बिहीबार) म्युचुअल फन्ड, ऋणपत्रलगायत २७६ धितोपत्रको ८० लाख आठ हजार २४६ कित्ता सेयर तीन अर्ब ४४ करोड चार लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये चारवटा समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि होटल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक ८.६५ प्रतिशतले वृद्धि भएको छ ।