घट्यो आज पनि सुनको मूल्य

काठमाडौँ । यस साता सुनको मूल्यमा लगातार गिरावट आएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन आज शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा यो साता २ हजार रुपैयाँले घट्दै १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज पनि तोलामा २५ रुपैयाँले घट्दै १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय