ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त पक्राउ

काठमाडौं। ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीसहित ७ जनालाई पक्राउ गरेको हो। शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए।

यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई पनि पक्राउ गरिएको थियो। मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर