बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं। सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते (बिहीबार)को दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर