काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्ती हुने बताएका छन्।न्यायाधीश नियुक्तीमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भईरहँदा उनले यस्तो बताएका हुन्।
मन्त्री गुरुङले संविधानले नै प्रद्धत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरु नियुक्ती हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकीर समेत गरे।मंगलबार प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको बताए।
मन्त्री गुरुङले संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायाधीशहरु नियुक्त नभएको बताए। उनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो पहुँचकै आधारमा सर्वोच्च अदालतमा मुद्दाहरु फस्र्यौट हुने गरेको भनाईमा पनि सत्यता नरहेको बताए।

