जसपाको विधान अधिवेशन सम्पन्न

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को विधान अधिवेशन सम्पन्न भएको छ । असार १० देखि सुरु भएको ३ दिने विधान अधिवेशन आज विधान मस्यौदामाथि छलफल गरेर सकिएको छ । अधिवेशनमा पार्टीका अध्यक्ष एवं मस्यौदा तयारी समितिका संयोजक उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।

सो मस्यौदामाथि छलफलका लागि विभिन्न १० वटा समूह बनाइएको थियो । सो समूहले सोमवार दिनभर विधानमाथि छलफल गरेको थियो । छलफलपछि आज ती समूहमध्येका एक–एक जना गरी १० जनाले आआफ्नो समूहमा उठेको बुँदामा ब्रिफिङ गरेका थिए ।

पहिचानसहितको राष्ट्रिय समिति, संघीय परिषद्, उमेर हदलगायतको विषयमा नेताहरुले आआफ्नो कुरा राखेका थिए । अधिकांशले राष्ट्रिय समिति खारेज हुनुपर्छ भनेका थिए भने कतिपयले संघीय परिषद्को आवश्यकता नरहेको धारणा पनि राखेका थिए ।

विधानमा ७० वर्षे उमेर हदको बारेमा पनि कतिपयलाई चित्त बुझेन भने कतिपयले त्यसलाई स्वागत गरेका छन् । यी सब विषयवस्तुलाई सुझावको रुपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर