काठमाडौं। आज बसधबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले आज बजेट पारितका लागि संसद्मा पेस गर्दै छ। विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेका छन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू मातहतका कार्यालयको बजेटबाट उठेको प्रश्नको जवाफ दिएपछि बजेट पास गर्ने तयारी सरकारको छ। आजको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारितका लागि पेस गर्ने तयारी छ।
विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिइसकेपछि आजको बैठकमा बजेट पारितका लागि पेस गरिने छ।
आजको बैठकमा बिनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्रको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ।प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयलगायत कार्यालयमा छुटाइएको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन्। संवैधानिक व्यवस्थाअनुसार सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो।

