आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं। आज बिहानैदेखि सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा हल्का पानी परिरहेको छ। मौसमविद्का अनुसार अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको छ।

आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको मौसमविद्ले जनाएका छन्। यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने । वर्षा र सम्भावना रहेको छ।

हावाहुरीको अनुमान रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मौसमविद्का अनुसार पर्सि शुक्रवार र शनिवार भने केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर