बागमती प्रदेशसभा बैठक स्थगित, अब १७ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको छ । प्रतिपक्ष दलहरूको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको प्रदेशसभा बैठक आगामी १७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मात्र सम्बोधन गरेका थिए । बैठकको कार्यसूची अनुसार सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन गरेलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए ।

उनीहरुको विरोधका बीच सभामुख पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलको कार्यसूची अघि बढाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर