रोमाका प्रशिक्षक माउरिन्हो निलम्बन

काठमाडौं। रोमाका मुख्य प्रशिक्षक जोजे माउरिन्हो नयाँ सिजन सन् २०२३–२४ मा १० दिनका लागि निलम्बनमा परेका छन्। माउरिन्होले रेफ्री ड्यानियल चिफीदलाई दिएको अभिव्यक्तिका कारण उनलाई कारबाहीस्वरुप निलम्बन गरिएको हो।

गत मे ३ मा रोमाले मोन्जाविरुद्ध खेल्दा माउरिन्होले चिफीलाई ‘मेरो जीवनमा भेटेको अहिलेसम्मकै खराब रेफ्री’ भनी प्रतिकृया दिएका थिए। यसैकारण माउरिन्होलाई ४३ हजार पाउन्डको जरिवानासमेत लगाइएको छ।

इटालियन फुटबल एसोसियसनले माउरिन्होले आगामी सिजनको पहिलो दिनदेखि सुरु हुने १० दिने निलम्बनको सामना गर्ने जनाएको छ।चेल्सी,रियल मड्रिड, इन्टर मिलान र म्यानचेस्टर युनाइटेडका पूर्वमुख्य प्रशिक्षक माउरिन्होले मोन्जाविरुद्ध चिफीले रोमाका मेह्मेट जेकी सेलिकलाई खेलको इन्जुरी समयमा रातो कार्ड देखाएपछि रेफ्रीको चर्को आलोचना गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय