यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं। सरकारले असार १२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ। सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेकी हुन्।

सरकारले सार्वजनिक सडकसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको जानकारी दिइन्। त्यस्तै मन्त्रिपरिषद्‌ले विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था (नवौ संशोधन) नियमावलीलाई स्वीकृत गरेको उनले बताइन्।

मन्त्रिपरिषद्‌ले सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र म्याग्दीको मालिका गाउँपालिकामा परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको बताइन्। त्यस्तै ललितपुरको झरुवारासीको करिब १३ रोपनी जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर