अहिलेको अवस्थामा कुनै पनि दलसँग एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कुनै पनि दलसँग एकताको सम्भावना नरहेको बताएका छन्।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा नेपालले एकीकृत समाजवादीलाई कसरी बलियो बनाउने भन्ने अहिलेको मुख्य प्रयास रहेको बताएका हुन्।

अध्यक्ष नेपालले आफूहरुले दक्षिणन्थी धार छाडेर क्रान्तिकारी धार रोजेको बताए। उनले आफूहरु समाजवादको दिशामा अगाडि बढ्ने वातावरणमा जुटिरहेको बताए।

अध्यक्ष नेपालले भने, ‘भर्खरै हामीले समाजवादी मोर्चा बनाइएका छौं। मोर्चामा कम्युनिष्ट मात्र नभई गैरकम्युनिष्ट पार्टीहरु समेत छन्। गैरकम्युनिष्ट जनता समाजवादी पनि समावेश छ।’

प्रतिक्रिया

सम्बन्धित खवर