विश्वप्रकाश शर्मा भन्छन्–राष्ट्रिय स्वतन्त्र पार्टीको आयु लामो छैन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ पार्टीहरु खहरे खोलाजस्तै भएको बताएका छन्। शनिबार पार्टी कार्यालय सानेपामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

शर्माले नयाँ पार्टीहरु खहरे खोलाजस्तै भएकोले यसबाट एक मेगावट बिजुली पनि ननिस्कने दावी गरे। ’खहरे गड्गडाउँछ। तर एक मेगावट बिजुली निस्किँदैन,’ शर्माले भने, ’निरन्तर बाग्ने सानो नदीबाट ड्याम बनाएर बिजुली निकालिन्छ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि आयु लामो नभएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर