भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं। भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जनाको ज्यान गएको छ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेमा ग्यास सिलिण्डर लिक भएर भइ आगलागी हुँदा ३३ वर्षका रामकुमार सार्कीको ज्यान गएको हो।

प्रहरी परिसर भक्तपुरले दिएको जानकारीअनुसार असार १ गते राति आफ्नै घरमा ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका सार्कीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर