काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसप्रति लागेका सत्ता लिप्सा, भ्रष्टाचारीको संरक्षक र राष्ट्रियतामा कमजोर भन्ने आरोपहरूलाई अब व्यवहारबाटै खण्डन गर्नुपर्ने बताएका छन् ।
आज दोलखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस यही अवस्थाबाट २०८४ को चुनाव सामना गर्न सक्षम नरहेको भन्दै नीति महाधिवेशनबाट लिखित रूपमै केही प्रतिबद्धता गर्नैपर्ने बाध्यता रहेको बताए ।
महामन्त्री थापाले भने, ‘कांग्रेसबारे एउटाले भन्छ यो सरकारको लागि जे पनि गर्छ। अर्को कोणबाट अर्कोले भन्छ भ्रष्टाचारमा लिप्त भएका मानिसलाई पनि यसले संरक्षण गर्छ । अर्कोतिर गएर भन्छ यसले आफ्ना आसेपासेको बारेमा मात्र चिन्ता गर्छ,हाम्रो भविष्यको बारे चिन्ता गर्दैन। अर्को कोणबाट यसले राष्ट्रियताको पक्षमा दह्रो खुट्टा टेकेर जोगाउँछ जस्तो लाग्दैन। यदि मान्छेले यस्तो देख्छ भने र यो समस्या हो भने समाधान पनि यहीँ खोज्नुपर्छ।’

