साफ च्याम्पियनसिप : कुवेत फाइनलमा प्रवेश

काठमाडौं । बंगलादेशविरुद्ध १–० को कठिन जित निकाल्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा बंगलादेशले निर्धारित ९० मिनेट कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, अतिरिक्त समयमा अब्दल्ला अलब्लुसीले गरेको एक मात्र गोल कुवेतको जितमा निर्णायक बन्यो । अलब्लुसीले खेलको अतिरिक्त समयको पनि ‘इन्ज्युरी टाइम’मा गोल गरेका थिए ।

अब कुवेतले उपाधिका लागि घरेलु टिम भारत र अर्को आमन्त्रित टोली लेबनानबीचको विजेतासँग खेल्नेछ । भारत र लेबनानबीचको दोस्रो सेमिफाइनल आजै बेलुका ७ः४५ बजे सुरु हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय