काठमाडौं। श्री एयरलाइन्सले आज आइतबारका सबै उडान स्थगित गरेको छ। सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ।
शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको थियो। सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले उनले बताए।

