नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं। आइतबार रातीदेखि अवरूद्ध भएको नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएको छ। पहिरोले पल्टाएको ट्रकलाई क्रेन र स्काभेटरको सहयोगमा हटाएपछी बिहान ७ः३० बजेबाट सडक दुईतर्फी सन्चालनमा आएको हो।

पहिरो झरेर नारायणगढबाट काठमाडौ जाँदै गरेको ना ६ ख ७१० नम्बरको मालवाहक कण्टेनर ट्रक पल्टाएको थियो। ट्रक पल्टिदा चालक पर्सा बिरगंज बस्ने ३५ वर्षीए राम पुकार घाइते भएको छ भने ट्रकमा क्षती पुगेको छ।

गत शनिबार रातीदेखि रोकिएको सडक आइतबार १८ घण्टापछि खुलेका थियो। २ बजे पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो। सो स्थानमा गत बिहीबारदेखि पहिरो खस्ने क्रम चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर