ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार थप दुईजना गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो।

उनीहरुमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको आरोप लगाइएको छ। व्युरोले आइतबार तीन जनालाई पक्राउ गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ परेका थिए।

महर्जन नक्कली मोही, भट्टाराई कमनापा–४ का तत्कालीन वडासचिव र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी रहेका व्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर