काठमाडौं। गायक तथा कलाकार रोविन तामाङको निधन भएको छ। उनी मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी पछिल्लो समय चलचित्र अभिनयमासमेत व्यस्त थिए।
‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो। उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका थिए।