अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

काठमाडौं। अभिनेता कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार बिहीबार राति उनी रातोपुलस्थित निवासमा मृत फेला परेका हुन्।

बिहीबार दिउँसोसम्म नयाँ चलचित्र ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त रहेका अभिनेता सारुक ताम्राकार बिहिबार राती ११ बजे घरमा मृत अबस्थामा भेटिएका छन्। सुटिङबाट बेलुका घर आएका उनी राती ११ बजे काठमाडौंको रातोपुल स्थित आफ्नो घरमा डोरीले पासो लगाएर झुन्डिएको अबस्थामा भेटिएको परिवारले बताएका छन्। उनको मृत्युलाई शंकास्पद रुपमा लिईएको छ।

ताम्राकारको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा लगिएको एसपी रिजाले बताए। ताम्राकार बुबा र आमासँगै रहँदै आएका थिए। बिहीबार बुबा–आमा पार्टीका लागि बाहिर गएका बेला उक्त घटना भएको प्रहरीले जनाएको छ। फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए।

सारुक ताम्राकार नेपाली चलचित्रका अग्रज कलाकार बुबा सानु ताम्राकारका एकल छोरा हुन्। सिनेमामा बुबाको कामबाट प्रभावित भएका सारुकले बाल्यकाल देखि नै नाटकबाट अभिनय सुरु गरेका थिए। त्यसपछि बिदेशमा गएका उनी उतैबाट फिल्म पढेर नेपाल फर्किएपछि चलचित्र रानीमार्फत् नायकको रुपमा आधा दशक अघिबाट करिअर सुरु गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय