कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराएका हुन्। मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ।

यसअघि गत शुक्रबार मन्त्री बनेका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर