काठमाडौं। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो।
पाइलट सहित ६ जना सवार उक्त हेलिकप्टर लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको एयरका स्टेसन मेनेजर विनोद थापाले जानकारी दिए। चेतबहादुर गुरुङले उडाएको उक्त हेलिकोप्टरको खोजी कार्य जारी छ। हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाएको छ।

