प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित

काठमाडौं। संसदीय समितिका बैठकहरू स्थगित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण बैठक स्थगित भएको हो।

समितितका सदस्यहरु श्रदाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको संसद सचिवालय श्रोतले जनाएको छ।

अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो। सीता दाहालको आज बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर