काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो।
दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए। पत्नी दाहाललाई प्रचण्डले दागबत्ती दिएका थिए।
अन्त्येष्टिमा क्याबिनेटका मन्त्रीहरूसहित राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।
रोगबाट ग्रसित दाहालको बुधबार बिहान ८: ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो। वि.सं. २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आबद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

