काठमाडौं । ब्याटिङमा शीर्ष क्रमका ब्याटर ‘कोल्याप्स’ हुँदा नेपाल एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध चार विकेटले पराजित भएको छ ।
श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले प्रस्तुत गरेको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा तयाब ताहिरले ५१ रन बनाए । तयाबले ६७ बलमा ६ चौका प्रहार गरे । ओमाइर बिन युसुफले ३६, कमरान घुलामले ३१, सैम आयुबले २४ र हसिबुल्लाहले १२ रन जोडे । पाकिस्तानका कप्तान मोहम्मद ह्यारिस भने नौ रनमा आउट भएका थिए ।
नेपालका ललित राजवंशीले तीन विकेट लिए । पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए ।