काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए।

