परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन्। थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जान लागेका हुन्।

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ। उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्किनेछन्।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो। प्रारम्भिक रूपमा यो संगठन ‘बिस्टेक’ (बंगलादेश-भारत-श्रीलंका-थाइल्याण्ड आर्थिक सहयोग) को रूपमा थियो। सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई यो संगठन अब बिमस्टेकको रूपमा चिनिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर