खोटाङ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई म्यासेजमार्फत् धम्की दिने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको मजुवागढी रूपाकोट नगरपालिका–९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार असार २९ गते राति १ः२६ बजे मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २० एक व्यक्ति पक्राउ गरिएको हो।
परिसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी कार्कीले कालीकोटेलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको जानकारी दिए। उनीविरूद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए ।

