काठमाडौं । नेपाली कांग्रेसको भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा लाइभ गर्नुपर्ने कुरा उठेको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा देउवाले नै लाइभको प्रस्ताव गरेको नेता शशांक कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार केही नेता लाइभको पक्ष र केही विपक्षमा उभिएका छन् । केन्द्रीय समिति बैठकको लाइभ गर्न सभापतिजीले प्रस्ताव गर्नुभो । लाइभ हुनेबित्तिकै नेताले आफ्नो हृदयबाट बोल्दैनन् । भोलिको दिन गरेर हेरौं भन्ने भयो त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने–नदिने भन्ने कुरा भएको छ ।’
कोइरालाले बैठकमा प्रतिवेदन पेश भएपछि संघदेखि स्थानीय सरकारसम्मका कामकारबाहीको समीक्षा हुने बताउनुभयो। नीति महाधिवेशनबारे अहिलेसम्म टुंगो नलागेको उहाँको भनाइ छ ।

