सुनको मूल्यले बनायो आज नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत असार २९ गते बनेको उच्च मूल्यको रेकर्ड आज तोडिएको छ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। असार २९ गते चाँदीको मूल्य १ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर