सुन बरामद प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बन

काठमाडौं । करिव सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ।

राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो। उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ।

निलम्बित नायब सुब्बाको भने नाम खुल्न बाँकी छ। हिजो बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको हो। सुनको परिमाण एकिन गर्ने भने बाँकी छ।

सुन ओसारपसारमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानले जानकारी दिनुभयो । पक्राउ पर्नेमा एक भन्सार एजेन्ट पनि छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको ढुंगानाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर