काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा अस्ट्रेलियाले विजयी शुरुवात गरेकाे छ ।
आज बिहीवार घरेलु मैदान सिड्नीमा रहेकाे स्टेडियम अस्ट्रेलियामा भएकाे खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गाेलले हरायाे । अस्ट्रेलियाका लागि स्टेफेन क्याटलीले खेलकाे ५२ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरिन् । याे जितसँगै समूह ‘बी’ मा रहेकाे अस्ट्रेलियाले ३ अङ्क जाेडेकाे छ ।
यसअघि आजै भएकाे अर्काे खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हराएकाे छ । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा हाना विलकिनसनले गाेल गरिन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।