धरान । सुनसरीमा धरानको सेउती पुलनजिकै गोली प्रहार गरी विराटनगरका एक युवाको हत्या गरिएको छ। विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए।
चौधरीमाथि धरान–इटहरी सडकखण्डको सेउती पुलनजिकै गोली प्रहार हुँदा उनको दाहिने कोखामा गोली लागेको थियो। उनको उपचारकै क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ३ जनाको समूहले गोली प्रहार गरेको खुलेको एसपी ढकालले बताए। उनले आक्रमणकारीको हुलिया पत्तालगाएर खोजी तीव्र पारिएको बताए।
आक्रमणकारीहरु जंगलमा लुकेर बसेको पत्ता लागेको प्रहरीले बताएको छ। प्रहरीले मृतक र आक्रमणकारीबीच सम्बन्ध रहेको र लुटपाट गर्ने मनसायले आक्रमण गरेको कोणबाट अनुसन्धान थालेको छ।

