सुन प्रकरणमा भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बित

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीनजना कर्मचारी निलम्बनमा परेका छन्। हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीनै जनालाई निलम्बन गरिएको हो।

भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्। सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जनाएको छ।

भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले उक्त सुन बरामद गरेको थियो। यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर