प्रकाश सपूतको ‘दमाई महाराज’ चौबीस घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । लोक तथा दोहोरी गायक प्रकाश सपूतको गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ । बजारआ आएको चौबीस घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । हिजो साँझ सार्वजनिक भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

चौबीस घण्टा नपुग्दै गीत युट्युबमा ११ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा महिला भोकलमा शान्तिश्री परियारले साथ दिएकी छन् ।

भजन शैलीमा ल्याइएको गीत जातीय विभेदविरुद्ध रहेको छ । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय