देउवाको आह्वानमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन्।

उनले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बोलाएको बताइएको छ।

यही साउन २ गतेदेखि जारी काँग्रेस केन्द्रीय समिति बैठक भोलि साउन १० गते अपराह्न ४ बजे बस्ने तय भएको छ। झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै भोलि समापन गर्ने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर