झण्डै साढे २ हजार उम्मेदवार परे आयोगको कारवाहीमा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका झण्डै साढे २ हजार जना उम्मेदवारहलाई कारवाही गरेको छ।

आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३९८ गरी कूल २ हजार ४३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने निर्णय गरेको हो। आयोगले उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ।

कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, एमाले नेता, शेरधन राई, राजन भट्टराई, रास्वपा सांसद सोविता गौतम, माओवादी नेता गिरिराजमणि पोखरेल, महेन्द्रराय यादव, विजय गच्छदारलगायतका उम्मेदवारहरूलाई खर्च विवरण नबुझाएकोमा आयोगले जरिवाना तोकेको हो। जरीवाना गरिएका सबैलाई ७ दिनभित्र खर्च बुझाउन पनि आयोगले निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर