काठमाडौं। जनमत पार्टीले केन्द्रीय समितिको पूर्ण बैठक आह्वान गरेको छ।
समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित केन्द्रीय समितिको पूर्ण बैठक यही साउन १८ गतेका लागि आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए।

