सुन तस्कर प्रकरणमा एमालेले नाराबाजी गरेपछि संसद बैठक १५ गते बस्ने गरी स्थगित

काठमाडौं । प्रमूखप्रतिपक्ष दल नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

आजको बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएको हो ।

एमालेले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि संलग्नता रहेको भन्दै उहाँको राजीनामा पनि मागेको छ ।

अब अर्को बैठक साउन १५ गते सोमवारका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर