नेकपा एसले एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग गर्ने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ।

नेकपा एसका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले असार २९ गतेदेखि साउन ५ गतेसम्म कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय सचिवालयको बैठकले एमसीसी सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणा अनुरूप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठन गर्न आवश्यक पहल गर्ने बताए।

उनले समाजवादी कार्यदिशा भएका राजनीतिक दलका बीचमा कैयन् सैद्धान्तिक तथा राजनीतिक मतभिन्नता भए पनि साझा मुद्दामा सहकार्य गर्ने, यसमा उत्पन्न हुन सक्ने विवाद वा अन्तर्विरोधलाई समाधान गर्न समाजवादी मोर्चा बनाइएको कुरा पार्टी पंक्तिलाई स्पष्ट गर्ने निर्णय भएको बताए।

उनले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गत स्थायी कमिटीको बैठक, साउन १८ र १९ पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर