काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न निर्वाचनमा बागी उम्मेदवार बनेर जितेकाहरुको कारबाही फुकुवा गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले १२ जनालाईको कारबाही फुकुवा गरेको हो ।
जुम्लाका प्रदेशसभा सदस्य देवेन्द्र शाही र सर्लाहीका प्रदेशसभा सदस्य जंगीलाल राय, जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतको कारबाही फुकुवा गरेको हो ।
यसैगरी बर्दिबासका वडाध्यक्षहरु रामसवारत यादव, विजय महतो, विन्देश्वर यादव, बर्दिबासका नेताहरु अक्कल तामाङ, प्रमोद मोक्तान, लक्ष्मण सिंहको पनि कारबाही फुकुवा भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

