काठमाडौं। फिफा महिला विश्वकप फुटबलमा आज शनिबार पनि समूह चरणका तीन खेल हुँदैछन्। अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी खेलमा आज शनिबार समूह एफका २ खेल हुँदा समूह जीको भने एक खेल हुनेछ।
समूह जीको एक खेलमा स्वीडेन र इटाली आमने सामने हुँदैछन्। स्वीडेन र इटालीले आफ्नो पहिलो खेलमा जित निकाल्दै शीर्ष २ स्थानमा बसेका छन्। खेल बराबरीले पनि दुवै टिम प्रि क्वाटरफाइनल नजिक पुग्ने छन् भने विजयी हुने टिमले शीर्ष स्थान पक्का गर्ने छ।
शनिबार हुने अर्को खेलमा ब्राजिल र फ्रान्स आमने सामने हुँदैछन्। समूह एफका यी दुई टिममध्ये ब्राजिल लगातार दोस्रो जित निकाल्दै प्रि क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ भने फ्रान्स पनि पहिलो जितको खोजिमा हुने छ। पहिलो खेलमा फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिए पछि अंक बाँडेको थियो। ब्राजिल भने पहिलो खेलमा पानामाविरुद्ध ४–० को जित निकाल्दै शीर्ष स्थानमा रहेको छ। यस्तै, अर्को खेलमा पानामा र जमैकाबीच प्रतिस्पर्धा हुनेछ।