काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (आइतबार) पनि बस्दैछ। प्रधानमन्त्री निवासमा आज दिउँसो ३ बजे बस्ने बैठकमा यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ।
शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे जानकारी गराएका थिए।
यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो। सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर आज आइतबारको बैठकमा अन्तिम रुप दिने संभावना रहेको बताइएको छ।

