अभिनेता सारुक ताम्राकारले लेखेको सुसाइड नोट भेटियो

काठमाडौं । अभिनेता सारुक ताम्राकारले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट फेला परेको छ । अभिनेता सारुकको मोबाइल जाँच गर्दा अनुसन्धानका क्रममा उक्त सुसाइड नोट फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त नोटमा सारुकले कसैलाई दोष नलाउन अनुरोध गरेका छन् । यसमा आफ्नो मात्र दोष रहेको र सबै सकिएको समेत उनले उक्त सुसाइड नोटमा उल्लेख गरेका छन् ।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

प्रतिक्रिया

सम्बन्धित खवर