भ्रष्टाचार र अत्याचारकाविरुद्ध सबै एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार, शोषण, उत्पीडन र अत्याचारकाविरुद्ध सबै एक हुन आवश्यक रहेको बताएका छन्।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले चार दलको समाजवादी मोर्चामा अरू दल पनि समावेश गर्ने प्रयास जारी रहेको बताए। उनले त्यसका लागि अन्य दलको पनि रुचि हुन आवश्यक रहेको बताए।

अध्यक्ष नेपालले देश राम्रो बनाउन र जनताको चाहनाअनुसारको परिपाटी बसाउन एकता आवश्यक रहेको बताए। समाजवाद न्यायका लागि हुने भन्दै सबै एकजुट हुन जरुरी रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर